काठमाडौं– अभिनेता कर्मा शाक्य र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेको फिल्म ‘षट्कोण’ वैशाख २३ बाट प्रदर्शन हुने भएको छ।
मिलन डि काप्रीको निर्देशनमा बनेको उक्त फिल्म २३ वैशाखबाट प्रदर्शन हुने भएको हो।
फिल्ममा साइकोलोजिकल थ्रिलर कथालाई देखाइएको छ। फिल्ममा कर्माले हत्याको कारण पहिल्याउने प्रयास गरिरहेको पत्रकारको भूमिका निभाएका छन्।
फिल्ममा कर्मा र भोलाराजसँगै लोकेन्द्र लेखक, सुयाशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बुलगायतका कलाकारको अभिनय रहेको छ। अङ्चेन लामाले खिचेको फिल्मलाई सागर खनालले सम्पादन गरेका छन्। विराज कडरियाको लागनीमा बनेको फिल्मको कथा शिशिर लिम्बु वामेनको रहेको छ।
फिल्म क्लेमेन्टाइन प्रोडक्सनको प्रस्तुतीको रुपमा रहेको छ। यो फिल्मसँगै निर्देशक काप्रीले नेपाली फिल्ममा निर्देशकको भूमिकामा डेब्यु गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।