काठमाडौं– कोका–कोला नेपालले नयाँ उत्पादन ‘फ्यान्टा एप्पल’लाई नेपाली बजारमा ल्याएको छ । नयाँ स्वादसँगै फ्यान्टाले नयाँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार अब नेपाली उपभोक्ताहरूले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन्।
भिडियोमा उपभोक्ताहरूको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई देखाएको छ। यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा रहेको बताइएको छ।
नयाँ उत्पादनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्ने बताए।
उनले भने,‘फ्यान्टा त्यस्तो मानिसहरूको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ। नेपाली उपभोक्ताहरूले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले उपभोक्ताहरूको बदलिँदो स्वाद र रोजाइलाई ध्यानमा राखेर नयाँ उत्पादन बजारमा ल्याएको बताए। योसँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ।
फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।