• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अभद्र व्यवहारको अनुसन्धानबाट बम काण्डसम्म, मोबाइलको फोटोले महासचिव मणिक तनावमा

64x64
नारायण अधिकारी सोमबार, चैत १४, २०७८  २१:१४
1140x725

काठमाडौं– विभिन्न साना पार्टीसँगै मणिकबहादुर लामा (मणिक लामा) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोध प्रदर्शन जारी राखेको थियो। 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट अलग भएर एकीकृत माओवादी गठन गरेका लामाको पार्टीले विभिन्न विरोध कार्यक्रमदेखि नेपाल बन्दसम्मको घोषणा गरेको थियो। नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको बिरोध प्रदर्शन कार्यक्रममा उक्त पार्टीका कार्यकर्ताको समेत उपस्थिति हुन्थ्यो। 

सोही क्रममा उच्छृङ्खल गतिविधि गर्ने केही व्यक्तिलाई पक्राउ परेर प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न प्रहरी युनिटबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो। 

अभद्र व्यवहार कसुरको अनुसन्धान गरेको प्रहरीको अनुसन्धान त्यतिमा मात्रै टुंगिएन। 

उक्त अभद्र व्यवहारको अनुसन्धान बमसम्म पुगेर टुंगिएको छ। अभद्र व्यवहारबाट सुरु भएको अनुसन्धानले कार्यकर्ता मात्रै होइन, पार्टीका मुख्य व्यक्ति (महासचिव) सम्मलाई हिरासतको यात्रामा पुर्‍याएको छ। महासचिव लामासहित अहिले नेकपा (एकीकृत माओवादी) का १५ जना नेताकार्यकर्ता बिस्फोटक पदार्थको मुद्दा खेपिरहेका छन्। 

जिल्ला अदालत काठमाडौंले गत शुक्रबार मात्रै उनीहरुलाई तारेखमा रिहा गर्न आदेश दिएको छ। 

प्रहरीले पार्टीका महासचिव मणिक लामा, केन्द्रीय सदस्य तथा मध्यकमाण्ड इन्चार्ज बद्री भनिने बुद्धिविलास पराजुली, माओवादीका पूर्वजनमुक्ति सेना तथा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसैन्य इन्चार्ज सुमन श्रेष्ठ, पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम कमाण्ड इन्चार्ज अर्पण भनिने राजन घिमिरे, नेकपा (एकीकृत माओवादी)का सदस्य भौतिक लामा भनिने ग्यान्जा लामाविरुद्ध बिस्फोटक पदार्थको कसुरमा मुद्दा चलाएको थियो।

त्यसैगरी पार्टीका सदस्य लक्ष्मण कार्की, साधारण सदस्य वासुदेव पाठक, साधारण सदस्य पदमबहादुर तामाङ, केन्द्रीय सदस्य भिषण भनिने नेत्रबहादुर बस्नेत, साधारण सदस्य छेवाङ भनिने प्रमोद लामा, साधारण सदस्य सदस्य सन्देश भनिने अनिपाल विक, अछामका दिक्पाल शाही, उदयपुरका अश्विन दाहाल, नुवाकोटका लक्ष्मण तामाङ, झापामा सुरज रायविरुद्ध मुद्दा चलाएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

महासचिव मणिक नेकपा एमालेकी नेतृ तथा प्रतिनिधि सभा सदस्य (सांसद) नविना लामाका बाबु हुन्। 

जब अभद्रमा पक्राउ परेका व्यक्तिको मोबाइलमा देखियो बमको फोटो

एमसीसीविरुद्ध बन्दको आह्वान गरेपछि केही शंकास्पद व्यक्तिलाई काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयले पक्राउ गरेका थिए। 

भक्तपुर र महानगरीय प्रहरी वृत्त दरबारमार्गले समेत केही व्यक्तिलाई पक्राउ गरेको थियो। ती मध्ये केही भने मणिक लामा नेतृत्वको नेकपा (एकीकृत माओवादी)का नेता–कार्यकर्ता थिए। 

पक्राउ परेसँगै उनीहरुका मोबाइल बरामद गरी प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सो क्रममा पक्राउ परेका मध्ये केहीको मोबाइलमा बमको फोटो भेटिएको एक अनुसन्धान अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। 

पक्राउ परेकाहरु अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयको आदेशमा रिहा भए। तर, मोबाइलमा बमको फोटो देखिएपछि प्रहरीले पुनः पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

सोही क्रममा संघीय संसद भनव नयाँ बानेश्वर अगाडिको मुख्य सडक र काभ्रेमासमेत ‘बम’ फेला परेको थियो। तर त्यहाँ फेला परेका बम र मोबाइलमा फोटो भएको बममा म्याच खाएन। प्रहरीले थप अनुसन्धान र सोधपुछ गरिरहेको थियो। सोही क्रममा फागुन १७ गते काठमाडौं महानगरपालिका–३२ मनोहर खोला करिडोरमा ३ थान कुकर बम फेला परेको पर्‍यो। ती कुकुर बम र मोबाइलमा भएका बमका फोटा म्याच भएपछि अनुसन्धान मणिकसम्म पुगेर टुंगिएको थियो।

डिस्पोज गर्न नसकेपछि...

एकीकृत माओवादीभित्र महासचिव मणिक र प्रवक्ता कमरेड नेपालबीच विवाद भएपछि पूर्वयोजना अनुसार ती बम बानेश्वर क्षेत्रमा राख्न सफल नभएको अनुसन्धानबाट खुलेको छ। 

बम तयार भएपछि त्यसलाई डिस्पोज गर्न उनीहरुले नसक्ने भएपछि ती बम मनोहरा खोला किनारमा फ्ँयाकिएको अनुसन्धानमा खुलेको एक प्रहरी अधिकृतले बताए। ‘बम त तयार भयो तर त्यसलाई डिस्पोज नगर्दा आफैं खतरामा हुने भएपछि उनीहरुले त्यसलाई मनोहरा किनारमा लगेर फ्याँकेको देखिन्छ’ एक अनुसन्धान अधिकारी भन्छन्।

बम फेला परेपछि प्रहरीले नेपाली सेनालाई खबर गरेको थियो। नेपाली सेनाको डिस्पोजल टोली गएर ती बम डिस्पोज गरेको थियो। सेनाले ती बम शक्तिशाली नै रहेको समेत रिपोर्ट दिएको प्रहरीले जनाएको छ। 

कोठामै बन्यो बम

बद्री भनिने बुद्धिविलास पराजुलीको कोठामा बम तयार भएको अनुसन्धानबाट खुलेको छ। उनी नेकपा (एकीकृत माओवादी) पार्टीका केन्द्रीय सदस्य हुन्। चितवनमा भएको पार्टीको केन्द्रीय बैठकले पराजुलीलाई पूर्वका १६ जिल्ला हेर्ने गरी पूर्वीकमाण्ड इन्चार्जको जिम्मेवारी दिएको थियो। 

गत माघ २६ गतेदेखि फागुन १ सम्म प्रवक्ता कमरेड नेपालको उपस्थितीमा तनुहँमा भएको केन्द्रीय कमिटीको दोस्रो बैठकले पूर्वीकमाण्डबाट हटाएर पराजुलीलाई उपत्यका कमाण्डको जिम्मा दिएको थियो। 

सोही क्रममा यो पार्टीले फागुन १६ गते एमसीसीको बिरोधमा नेपाल बन्द आह्वान गरेको थियो। बन्द प्रभावकारी पार्न महासचिव मणिक लामाले पार्टीका अर्का सदस्य ग्यान्ज लामालाई १० वटा सिलिण्डर बम र १० वटा कुकुर बम तयार गर्न निर्देशन दिएको पराजुलीले प्रहरी समक्ष खुलाएका छन्।

‘फागुन १३ गते पराजुलीकै कोठामा प्रवक्ता नेपाल र राज क्षेत्रीले ल्याएका तीन वटा कुकुरमा बारुद लगायत भरेर बम बनाएको र संसद भवन अगाडि बानेश्वरको सडकमा राख्ने तयारी भएको थियो’ पराजुलीको बयानमा उल्लेख गरिएको छ। पछि उनीहरुले नै बम लिएर गएका थिए। पूर्वयोजना अनुसार ति बम बानेश्वरमा राख्न नसकिएको र डिस्पोज समेत गर्न नसकिएपछि मनोहरा खोला किनारमा राखिएको पाइएको हो।

ज्यामी पक्राउ, योजनाकार फरार

बम राखिएको घटनामा प्रहरीले पक्राउ गरेका १५ जना मध्ये एक थिए अछामका दिक्पाल शाही। उनी अछाममै बसेर ज्यामी काम गर्दै परिवार पाल्दै आएका थिए। सोही क्रममा उनका चिनेजानेका दाई मीनबहादुर शाहीले काठमाडौंमा काम पाइने भन्दै बोलाए। उनी गत पुसमा काठमाडौं आए। 

शाहीसँगै कोठा भाडामा बस्दै उनी भक्तपुरमा घर बनाउने ज्यामी काम गर्दै आएका थिए। दिक्पाल गत फागुन १३ गते भक्तपुर च्यामासिंगमा ज्यामी काम गरेर राति कोठामा फर्कर्दै गर्दा प्रहरीको फन्दामा परे। 

बमको बारेमा केही जानकारी नै नभएको बताउने उनै ज्यामी दिक्पाललाई प्रहरीले बम बनाउने र राख्ने घटनामा संलग्न भएको आरोप लगाउँदै बिस्फोटक पदार्थको कसुरमा मुद्दा चलायो। तर, बम घटनाका योजनाकार भनिएका पार्टीका प्रवक्ता कमरेड नेपाल, राज क्षेत्री दवाडी भने हालसम्म फरार छन्।

पक्राउ परेका महासचिव मणिकले भने बमबारे आफूलाई कुनै जानकारी नै नभएको भन्दै दोष जति कार्यकर्ताको टाउकोमा थोपरेर बयान दिएका थिए। बयानमा मणिकले भनेका छन्, ‘कुकर बम सम्वन्धमा मलाई केही थाहा छैन। उक्त बम बनाउने, राख्ने कार्यमा मेरो कुनै संलग्नता छैन।’

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २१:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्