• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राप्तीकी मेयर प्रभा बराल पनि लेख्दैछिन् एमालेको घोषणापत्र

64x64
धनु विश्वकर्मा बुधबार, चैत १६, २०७८  ०७:०२
1140x725

काठमाडौं– नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि हालै घोषणापत्र तयारी कार्यदल गठन गरिएको छ। कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको अन्तिम मस्यौदा केन्द्रीय सचिवालयसमक्ष पेस गर्ने कार्यादेश दिइएको छ।

ईश्वर पोखरेल नेतृत्वको ११ सदस्यीय कार्यदलमा रहेकी एक मात्र महिला सदस्य हुन्, प्रभा बराल। चितवनको राप्ती नगरपालिकाकी मेयर समेत रहेकी उनी एमालेको स्थानीय विकास विभागको उपप्रमुख हुन्। 

२०७४ मा भएको स्थानीय निर्वाचनमा कांग्रेसका किरण भुषण ओलीलाई पराजित गरेर उनी मेयरमा निर्वाचित भएकी थिइन्। त्यति बेला बरालले ११ हजार ७१३ र ओलीले ७ हजार २९२ म ल्याएका थिए।

घोषणा पत्रलाई निर्वाचन प्रचारको महत्त्वपूर्ण औजार मानिन्छ। जहाँ पार्टी र उम्मेदवारले निर्वाचित भएपछि गर्ने काम, योजना र सपना समावेश गरिएको हुन्छ। गत स्थानीय निर्वाचनमा निर्वाचित भएकी बराल आउँदा चुनावमा पनि एमालेलाई जिताउनेगरी निर्माण गरिने घोषणापत्र तयारी समितिमा छन्। बराल आफ्नैको पाँच वर्षे कार्यकाल कस्तो रह्यो त? यहाँ केही उधिन्ने प्रयास गरिएको छ। 

पहिलो कार्यकाल भएकाले समय लाग्यो
कार्यालय स्थापना गर्नेदेखि पालिका र वडा कार्यालयका आफ्नै प्रशासनिक भवन नभएकाले व्यवस्थापन गर्न समय लागेको उनी बताउँछिन्। 

उनका अनुसार विद्यालय, स्वास्थ्य सेवा केन्द्र र खोप केन्द्र पनि निर्माण गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा टेकेर ऐन, नियम, विनियम र कार्यविधि लगायत ६४ वटा कानुन बनाइएको उनी बताउँछिन्। 

‘एउटा नगरपालिका कार्यालय भवन, एक नगर सभाहल, एक अस्पताल, ७ वटा आधारभूत स्वास्थ्य चौकी, ११ वटा वडा कार्यालय र २९ वटा खोप केन्द्र निर्माण गरेका छौं’, बरालले भनिन्, ‘यस नगरपालिकामा रहेको १० प्रतिशत बालबालिका जो विद्यालय भन्दा बाहिर थिए। ती सबै बालबालिकालाई विद्यालयमा भर्ना गरेका छौं।’

यो नगरपालिकाको एउटा ठूलो समस्या भनेको चितवन राष्ट्रिय निकुञ्जभित्रका वन्यजन्तुले किसानको बालीनाली नष्ट हुनु हो। त्यसैले यो समस्या हल गर्नका लागि बीचमा कंक्रिटका ठूला पर्खाल निर्माण गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पहाडी भागका ईलाकाका बाटो पुर्याउने काम भएको छ। यसले गर्दा जनतालाई सास्ती कम भएको छ। यहाँको अर्को समस्या भनेको फोहोर व्यवस्थापन र विषादी मल हो’, उनले भनिन्, ‘यहाँको फोहोरलाई व्यवस्थापन गर्ने र त्यसलाई मल बनाउने कार्य भइराखकेको छ। अरु संघसँस्थासँग मिलेर यो कार्य अगाडि बढिराखेको छ।’ 

छोरी बुहारी कार्यक्रम
चितवनमा सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङहरुको ठूलो संख्या बसोबास गर्छ। चेपाङ समुदायको फरक संस्कृति, भाषा, परम्परा छ। यो समुदायमा गरिबी र बालविवाह व्याप्त रहेको बराल बताउँछिन्। 

छोरी र बुहारीहरु विद्यालय पढ्दापढ्दै पढाई छुट्नेको संख्या बढ्दो छ। यसको न्यूनीकरणका लागि छुटटै ‘छोरी बुहारी कार्यक्रम’ सञ्चालन गरिएको उनले बताइन्। 

बालबालिका, बृद्धबृद्धा, विपन्न महिलाहरुका लागि नगरपालिकाले निःशुल्क सेवा प्रदान गर्ने गरेको छ। आमा र बालबालिकाको सुरक्षाका लागि ‘आमा कोष’ कार्यक्रम गरिएको बरालले जानकारी दिइन्। 

‘नगरपालिका पहाडदेखि तराईसम्म फैलिएको छ। जसले गर्दा वर्षेनि पहाडका खहरे खोलाले गर्दा पहिरो जान्छ भने तराईमा बाढीको समस्या तीव्र छ। यसको न्यूनीकरणका लागि नगरपालिकाको नेतृत्वमा नै पहाडमा वृक्षारोपण र तराईमा तटबन्धन लगाउने काम गरेका छौं’, बरालले थपिन्।

चितवन अन्न भण्डारका रूपमा चिनिन्छ। यो नगरपलिकामा पनि आधिकांश नागरिक कृषिमा निर्भर छन्। यहाँबाट उत्पादन हुने तरकारी र फलफूल देशका विभिन्न ठाउँसम्म पुग्छ। नगरपाललिकाले नगर तरकारी संकलन केन्द्र र नगर फलफूल संकलन केन्द्र सञ्चालन गरेको छ। विचौलिका कारण यहाँका कृषकहकरु मारमा परेका थिए। त्यस्तै, व्यावसायिक गाईपालक कृषकलाई दूध दुहुने मेसिन वितरण गरिएको उनले बताइन्।

उनका अनुसार नगरस्तरीय आयुर्वेद अस्पताल निर्माणको काम भइरहेको छ। नगरपालिका र विभिन्न संघ–संस्थाको समन्वयमा ३ हजार ५०० भन्दा बढी युवायुवतीलाई रोजगारमुलक, उत्पादनमुलक, आयमुलक तालिम दिइराखेको उनले बताइन्। 

किसानलाई निःशुल्क प्राविधिक सेवा उपलब्ध गराइएको छ। किसानका लागि सिंचाई कुलो र साना सिंचाई आयोजनामा डिपबोरिङको व्यवस्थापन गरिएको छ। उनीहरूलाई आवश्यकता अनुसार कृषि औजार उपलब्ध गराउने गरिएको बरालले बताइन्। 

के के भोगिन् चुनौती?
यो पाँच वर्षको अवधिमा मेयर बराललाई अवसर र चुनौती दुवै देखा परे। उनका अनुसार नगरपालिकाभित्र भौगोलिक, सामाजिक, चेतनाका समस्या छन्। जसले गर्दा काम गर्दै जाँदा समस्या देखा पर्छन्। 

उनी भन्छिन्, ‘पृतिसत्तावादी समाजको संरचनाले गर्दा हत्तपत्त विश्वास गरिहाल्दैनन्। राजनीतिकक रुपान्तरण भएजस्तै सामाजिक रुपान्तरण भएको छैन।’

तरपनि, यस्ता खालका चुनौतीलाई चिर्ने ठाउँमा पनि स्वयम् व्यक्ति भएको हुनाले यसलाई समाधान गर्नतिर लाग्नुपर्ने उनको बुझाई छ। उनी आफैंले पनि महिला भएकै कारण सहयोग नपाएको अनुभव छ। 

पालिकाभित्र फरक फरक पार्टी अस्तित्वमा हुँदा पनि उनलाई कार्यसम्पादनका लागि खासै असर परेन। ‘चुनावको मैदानमा फरक दलको प्रतिनिधित्व गरे पनि निर्वाचित भइसकेपछि भने सबै जनताका प्रतिनिधि भएर काम गरेका छौं। सबैको लक्ष्य भनेको जनताको सेवा गर्नु हो। सबैले मिलेर काम गरिरहेका छौं’, बराल सुनाउँछिन्। 

राज्यले नै समावेशी लोकतन्त्रको सिद्धान्तलाई अवलम्बन गरेको छ। त्यसैले राज्यका सबै तह तप्कामा हिलाको पहुँच हुनुपर्छ भन्ने उनको मान्यता छ। त्यैसले राज्यले नै व्यवस्था गरेपछि महिलाको सहभागिता स्थानीय निकायमा बढी हुने उनको विश्वास छ।  

‘तर, अझै पनि खुला रुपमा महिलालाई विश्वास गरिँदैन। त्यसकारण अबको चुनावमा उपाध्यक्ष/उपमेयर पद महिलाको भन्ने सोंच हटाउनुपर्छ। अब राजनितिक रुपमा नै विद्रोह गर्नुपर्छ’, बरालले भनिन्। 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्