• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मोबाइल र कम्प्युटरका स्क्रिनले बालबालिकाका आँखामा पार्छ असर, कसरी जोगाउने?

डा. सुजाता भण्डारी आइतबार, चैत २०, २०७८  ०७:०५
1140x725

आजकल प्रविधिको युगमा कोही पनि मोबाइल, कम्युटर, ल्यापटप, ट्याबजस्ता विद्युतीय उपकरणबाट पर बस्न सक्दैन। सबैसँग सबै उपकरण नहोला। मोबाइल त जीवनको एउटा पक्षजस्तै भइसकेको छ। बालबालिका, युवा, अधबैंशे वा वृद्धवृद्धा सबैका हातमा मोबाइल हुन्छ। तर, अभिभावकहरू बालबालिकाप्रति मात्र बढी चिन्तित भएको पाइन्छ।

अबको जीवन प्रविधिबिना जीवन असम्भवजस्तै छ। मैले हरेक दिन अस्पतालको ओपीडीमा सामना गर्ने प्रश्नहरूमध्ये पहिलो नम्बरमा आउने गर्छ– विद्युतीय उपकरणहरुको अध्यधिक प्रयोगले बालबालिकाका आँखामा के कस्ता असर पर्छन्? यसलाई रोकथाम गर्ने उपायहरु के–के हुन्?

यस्ता उपकरणका स्क्रिनले लगातार प्रकाश फ्याँकिरहेको हुन्छ। यी प्रकाशमा एकोहोरो हेर्नुपर्ने हुँदा आँखालाई बिस्तारै असहज हुँदै जान्छ। अनि समस्याको अनुभव हुनथाल्छ। त्यसकारण धेरैलाई यस्ता प्रश्न जाग्नु स्वाभाविक हो। लामो समय एकोहोरो मोबाइल, ल्यापटप, कम्युटर, ट्याबजस्ता विद्युतीय उपकरण हेर्दा निम्न समस्या आउँछन् :

१. कम्प्युटर भिजन सिन्ड्रोम 
लामो समयसम्म एकनासले विद्युतीय उपकरण हेर्दा हाम्रो आँखाको प्राकृतिक रूपमा झिमझिम गर्ने प्रकृयामा ह्रास आउँछ। त्यसले गर्दा आँखामा थकान हुने, सुख्खा हुने, एउटा चीज÷बस्तुलाई हेर्दा दुई वटा देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ, जसलाई हामीले कम्प्युटर भिजन सिन्ड्रोम भन्छौं।

२. आँखाको मांशपेसीको लचकता तथा दृष्टिमा ह्रास
विद्युतीय उपकरणहरुको अत्यधिक प्रयोगले बच्चाहरुको दुरदृष्टिमा समस्या हुन सक्छ। हाम्रो आँखाले नजिक हेर्दा कालो नानी भित्रतिर जाने र टाढा हेर्दा यो सामान्य सिधा अवस्थामा आउने हुनुपर्छ। विद्युतीय उपकरणको स्क्रिन अत्यधिक हेर्दा कालो नानी टाढा जाने प्रकृया ढिला हुँदै जान्छ। यसबाट डेढोपनासमेत आउन सक्छ। यो समस्या छोटो अवधिको हुन्छ र स्क्रिन हेर्ने समय कम गर्दा फेरि सामान्य अवस्थामा आउन सक्छ।  

३. टाढा नदेख्ने समस्या 
विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगले बच्चाहरूमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणहरूले देखाएका छन्। कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाइन कक्षा हुनु र आँखा अस्पतालहरुमा यस्ता खालका बालबालिकाको अत्यधिक चाप हुनुले पनि यसको थप पुष्टि गर्छ। त्यसैले बच्चाहरूलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरूमा प्रोत्साहित गर्ने अभिभावकहरूको जिम्मेवारी हुन्छ। 

बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउने?
कम्प्युटर, मोबाइललगायत उपकरण आजको दुनियाँमा अपरिहार्य बस्तु बनिसकेका छन्। सम्पूर्ण शिक्षा प्रणाली नै कम्प्युटराइज्डड हुँदैछ। यसको प्रयोगमा रोक लगाउन सकिँदैन। यसरी रोक लगाए उनीहरूको व्यक्तित्व विकासमा नै रोक लाग्छ। त्यसैले स्क्रिनलाई सावधानीपूर्वक प्रयोग गर्नु बुद्धिमानी हुन्छ। अब हामी स्क्रिनलाई सावधानीपूर्वक चलाउनेबारे चर्चा गरौँ। 

नियम-१ : २०-२०-२० सूत्र  
विद्युतीय उपकरण प्रयोगकर्ताहरूले प्रत्येक २० मिनेट स्क्रिन हेरिसकेपछि २० फिट परको बस्तु २० सेकेण्डसम्म हेर्ने र २० पटक आँखा झिमझिम गर्ने। (यो नियम ठूलो मान्छेमा पनि लागू हुन्छ।) यसो गर्नाले आँखालाई सामान्य अवस्थामा आउन मद्दत गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नियम-२ : बाहिर खेल्न प्रोत्साहन गर्ने
पढाइलगायत नियमित कामबाहेक अन्य बेला बालबालिकालाई यस्ता स्क्रिनबाट टाढा राख्ने। अभिभावकले हरेक दिन २ घण्टा बालबालिकालाई घरबाहिर खेल्न प्रोत्साहन गर्नुपर्छ। यसबाट बालबालिका साथीसँग भौतिक रूपमा पनि नजिकिन्छिन्।

स्क्रिनको आकार र दूरी  
जति सानो विद्युतीय उपकरणको स्क्रिन भयो, त्यति नै त्यसमा आँखा केन्द्रित गर्न गाह्रो हुन्छ। बालवालिकालाई मोबाइल, ट्याबलेटभन्दा ल्यापटप, कम्प्युटरमा काम गर्न दिने, तर कति दूरीमा स्क्रिन राख्ने भन्ने प्रश्न पनि आउँछ। यसमा पनि हामीले १-२-१० नियम प्रयोग गर्नुपर्छ। अर्थात्, मोबाइल, ट्याब्लेट १ फुटभन्दा टाढा राख्ने। ल्यापटप, कम्प्युटर २ फुटभन्दा टाढा राख्ने। टेलिभिजन १० फुटभन्दा टाढा राख्ने।

यसबाहेक स्क्रिनको उज्यालो/चमक कम गर्ने र ब्लु फिल्टर प्रयोग गर्ने।

३. कति समयसम्म बालबालिकाहरूलाई स्क्रिन हेर्न दिने?
अमेरिकन एकेडेमी अफ पिडियाट्रिक अप्थालमोलोजीले दिएको सुझाव अनुसार निम्नअनुसार गर्न सकिन्छ।

Xtrem

Xtrem

क. १८ महिनाभन्दा मुनिका बालबालिकाललाई नदिने।

ख. १८ महिनामाथि र २ वर्षमुनिका बालबालिकाले आफ्ना अभिभावक र आफन्तजनसँग भिडियो गफ गर्न सक्छन्। 

ग. २ वर्षमाथि र ५ वर्षसम्मका बालबालिकालाई अभिभावकले १ घण्टाभन्दा बढी मोबाइल, ट्याबलेट प्रयोग गर्न नदिने। 

घ. ५ वर्षभन्दा माथि उमेर समूहकाले स्कुलको कामबाहेक २ घण्टाभन्दा बढी मोबाइल, ट्याबलेट, ल्यापटप प्रयोग नगर्ने। 

सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन दिएको सुझाव अनुसार ८ वर्ष देखि १० वर्षसम्मका बालबालिकाले प्रतिदिन ६ घण्टा, ११ वर्षदेखि १४ वर्षसम्मकाले ९ घण्टा र १५ वर्षदेखि १८ वर्षसम्मकाले साढे ७ घण्टा हेर्न सक्छन्।

अभिभावकको दायित्व 
१. प्रत्येक बच्चाको स्कुल जाने उमेरमा अनिवार्य रूपमा आँखा जाँच गर्ने। 

२. अत्यधिक स्क्रिन प्रयोगले माथि भने जस्तै समस्याहरू हुने हुनाले आफ्ना बालबालिकालाई घरबाहिरका खेलहरु खेल्न प्रोत्साहन गर्ने। 

३. गृहकार्य गराउँदा अभिभावकहरू आफैं मोबाइल फोनमा व्यस्त नहुने। 

४. धेरैभन्दा धेरै समय आफ्ना बालबालिकासँग बिताउने, ता कि उनीहरूलाई विद्युतीय उपकरणहरुको जरुरत कम परोस्। 

(बाल नेत्र विशेषज्ञ डा. भण्डारी गेटा आँखा अस्पताल, कैलालीमा कार्यरत छिन्।)

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्