काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग “ग्राहक अन्तर्क्रिया” कार्यक्रम सम्पन्न गरेको छ। निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए।
कार्यक्रममा भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनुपर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्वलगायत विषयमा स्पष्ट्याएका थिए।
उक्त अन्र्तक्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहुँ आईपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो।
शिवम् सिमेन्टले ग्राहकहरु संग अझ बढि अन्तर सम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुवात गरेको छ । यस अघि देशका विभिन्न स्थानका निर्माणकर्मी (मेशन)हरुलाई अन्तक्रिया कार्यक्रम दिइँदै आइरहेको थियो। निर्माण कार्य गरिरहेका ग्राहकहरुले निर्माणसम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माणसम्बन्धी प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिँदै आहिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।