काठमाडौं– कमेडियन हिमेश पन्त फिल्ममा प्रवेश गरेका छन्। पन्तले निर्देशक मिलन चाम्सको फिल्म ‘वर एन्ड वधु’मा अभिनय गर्ने भएक हुन्।
निर्देशक चाम्सले पन्तसँग फिल्मका लागि सम्झौता गरेका छन्। सामाजिक सञ्जालमार्फत निर्देशक चाम्सले पन्तसँग सम्झौता भएको जानकारी दिए। उनले लेखेका छन्, ‘हिमेश पन्तलाई बधाई र नेपाल फिल्म क्षेत्रमा स्वागत छ।’
युवापुस्ता माझमा निकै रुचाइएका पन्त स्ट्यान्डअप कमेडियन हुन्। उनी हास्यव्यंग्यसम्बन्धी रियालिटी शो ‘कमेडि च्याम्पियन’को पहिलो संस्करणका विजेता पनि भएका थिए।
प्रेम कथामा बन्ने फिल्म ‘वर एन्ड वधु’मा अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्मचार्य मुख्य भूमिकामा रहेका छन्। छायांकनको पखाईमा रहेको पिःलममा प्रेमसँगै कमेडीलाई मुख्य विषयवस्तु बनाइएको छ। फिल्मलाई एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।