काठमाडौं– हाल पहाडी भूभागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ।
आज राति देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले आग्रह गरेको छ।
त्यसैगरी, पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।