विराटनगर- विराटनगरमा जारी तेस्रो गिरिजाप्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको दोस्रो दिनकोे खेलमा विभागिय टोली नेपाल आर्मी क्लब, सुदुरपश्चिम प्रदेश र लुम्बनी प्रदेश विजयी भएका छन्।
शहिद मैदानमा आज बिहान भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ११–० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
आर्मीका लागि रोमन राना र प्रदिप राजवंशीले समान ४–४ गोल गरे।सुमितकुमार कामीले २ तथा राजेन्द्र कार्कीले एक गोल गरे। खेलको म्यान अफ द म्याच प्रदिप राजवंशी भए।
आज बिहान भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ७–१ ले पराजित गरेको छ।सुदुरपश्चिम प्रदेशका लागि अमित ओझा र महेश नेपालीले समान २–२ गोल गरे। केशवराज जोशी, दिपकराज जोशी, सुरेशप्रसाद जोशीले एक–एक गोल गरे।
मधेश प्रदेशका लागि रन्जन महतोले एक गोल गरे। खेलको म्यान अफ द म्याच सुदुरपश्चिम प्रदेशका गणेश ठगुना भए।
आजै बेलुकी भएको तेस्रो खेलमा लुम्बनी प्रदेशले प्रदेश नम्बर एकलाई ४–१ ले पराजित गरेको छ। लुम्बनी प्रदेशका लागि सुरजकुमार घर्तीले सर्वाधिक २ गोल गरे। योगेशकुमार बारघरे र अदनान अन्सारीले समान एक–एक गोल गरे।
प्रदेश नम्बर एकका लागि नरेश थापा मगरले एक गोल गरे। खेलको म्यान अफ द म्याच लुम्बनी प्रदेशका मोहम्मद शलमान शेख भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।