काठमाडौं- रुसी सेनाले पूर्वी युक्रेनको खार्किभ प्रान्तको इजुम सहर नियन्त्रण लिएको रुसका सञ्चारमाध्यमले दाबी गरेको छ।
रुसको सरकारी टेलिभिजन च्यानल रसिया २४ ले उक्त दाबी गरेको हो। यता, रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेनकोपले उक्त दाबीलाई स्वीकार गरेका छन्।
‘रूसी सुरक्षा बलहरूले विशेष सैन्य कारबाही जारी राखेका छन्। २४ मार्चको बिहानसम्म रुसी सेनाका एकाइहरूले खार्किभ क्षेत्रको इजुम सहरको पूर्ण नियन्त्रण लिएका थिए,’ उनले भने।
यता, यस सहरका युक्रेनी अधिकारीले अझै पनि लडाइँ जारी रहेको बताएका छन्। यस हप्ताको सुरुमा अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले नाम न छाप्ने सर्तमा युक्रेनी सेनाले खार्किभको दक्षिणपूर्वी एउटा सानो सहरमा जवाफी कारबाही गरिरहेको बताएका थिए।
अधिकारीले एएफपी समाचार एजेन्सीलाई भनेका थिए,‘हामी आज युक्रेनीहरूको एउटा महत्त्वपूर्ण युद्ध देखिरहेका छौं र पुन: प्राप्तिको प्रयास जारी छ।’
इजुम पूर्वी डोनबास क्षेत्रमा पुग्नको लागि महत्त्वपूर्ण मार्ग हो, जसले रूसी सुरक्षा बलहरूलाई उत्तर-पूर्वबाट दक्षिण-पूर्वमा जान मद्दत गर्नेछ।
यो खार्किभ क्षेत्रमा ५० हजार नागरिक बसोबास गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।