• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आफ्नै बयानले 'कमजोर' पल शाह, यस्तो छ उनलाई थुनामा पठाउने अदालतको आदेश

64x64
नेपाल लाइभ बिहीबार, चैत १०, २०७८  २१:२०
1140x725

काठमाडौं– नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह) मुद्दाको पुर्पक्षका लागि जेल चलान भएका छन्। 

शाहले जबरजस्ती करणी गरेको देखिन आएको भन्दै जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलाशले उनलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो। पल शाहले दिएको बयान, घटनाको विषयमा थाहा पाउने व्यक्तिहरु (सरोज ओली, योगेश शाह, दुर्गेश थापा र दुर्गा अधिकारी लगायत)ले पीडितको न्यायका लागि कानुनी कारबाहीमा जाने भनेर छलफल भएको हो भनेर लेखाएको घटना विवरण कागजलाई आधार मान्दा पल शाहले १५ वर्षीया नाबालिकालाई 'ललाइ फकाइ विवाह गर्छु भनी प्रलोभन देखाइ' जबरजस्ती करणी गरेको देखिन आएको अदालतको आदेशमा उल्लेख छ। 

आफ्नै बयानले 'कमजोर' पल शाह
अदालतमा समेत दिएको बयानमा शाहले गत वैशाख १४ गते साँझ तनहुँ दुलेगौंडास्थित प्रदीप थापाको घरको कोठामा बास बसी राति अबेरसम्म बियर खाँदै आफू र पीडितले म्यासेज आदान प्रदान गरेको बताएका छन्।  राति अन्दाजी पौन १२ बजेतिर खाइ बाँकी रहेको बोतलको बियर लिएर पीडित सुतेको कोठामा गएको पनि शाहले बयानमा स्वीकार गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'पीडितको कोठामा प्रवेश गरेको हुँ' भन्ने शाहको स्वीकारोक्तिलाई अदालतले सोही  (वैशाख १४ गते) राति शाहले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको रुपमा लिएको छ। 

'... प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णत: इन्कार गरेको भएतापनि निजले मौकामा गरेको बयान हेर्दा राति करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाइ बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको पाइयो,' आदेशमा भनिएको छ, ' एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजे प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन। यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।'

पीडित नाबालिग गायिकाले बयानका क्रममा शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिइ पहिले पनि पटक पटक करणी गरेको बताएकी थिइन्। जुन कुरा सरोज ओली, योगेश शाह, दुर्गेश थापा र दुर्गा अधिकारीको बयानबाट समर्थित हुन आएको आदेशमा उल्लेख छ। 

'...पीडित नाबालिग हुन् भन्ने कुरा प्रतिवादी (शाह)लाई पूर्ण जानकारी छ। उनी ३२ वर्षका वयस्क व्यक्ति हुन्। प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डविच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खन्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा शाहले (पीडित)लाई करणी गरेको तथ्यलाई थप पुस्ट्याइँ हुन आएको देखिन्छ,' आदेशमा भनिएको छ। 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हालान्डको गोलमा सिटी विजय
बार्सिलोनाको जितमा यमलको २ गोल
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ
सम्बन्धित सामग्री
प्रधान सेनापति सिग्देल चीन प्रस्थान चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लागेका हुन् । भ्रमणका क्रममा उनल... आइतबार, भदौ २८, २०८३
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार, भदौ २८, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? आज जनक परियारले आयोजना गरेको कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई गिरफ्तार गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्