काठमाडौं- चिनियाँ विदेशमन्त्री वाङ यी भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार उनी केही अघि दिल्ली पुगेका हुन्।
भारत भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीले शुक्रबार दिल्लीमा रुस र भारतका विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यससँगै भारत र चीनबीचको सीमा विवादलगायत अन्य धेरै विषयमा वार्ता हुने पनि जनाइएको छ। करिब दुई वर्षअघि लद्दाख क्षेत्रमा सीमा विवाद सुरु भएपछि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो।
तर, भारत भ्रमणअघि पाकिस्तानमा भएको ५७ इस्लामिक देशका विदेशमन्त्रीको सम्मेलनमा यीले कश्मीरबारे दिएको अभिव्यक्तिप्रति भारतले असन्तुष्टि जनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।