काठमाडौं– बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बसेको समितिको बैठकले जीवन र निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो।
समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार बैठकले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको छ। हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब कायम छ।
यता, निर्जीवन बिमा कम्पनीको न्यूनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने बैठकले निर्णय गरेको छ। हाल निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ कायम छ।
बिमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तभित्र तोकिएको पुँजी कायम गर्नु पर्ने सिलवालले जानकारी दिए। उक्त समयमा निर्धारित पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।