काठमाडौं– कलाकार पल शाह (पूर्णविक्रम शाह)ले नाबालिग गायिकामाथि गरेको भनिएको बलात्कार प्रकरणमा मतियारको अभियोग लागेका कृष्ण जोशी धरौटी बुझाएर रिहा भएका छन्। मुख्य अभियुक्त शाहका म्यानेजर रहेका जोशीसँग जिल्ला अदालत तनहुँले १ लाख धरौटी माग गरेको थियो।
बिहीबार थुनछेक आदेश जारी गर्दै जिल्ला अदालत तनहुँले कृष्ण जोशी भन्ने कृष्णप्रसाद जोशीसँग १ लाख रुपैयाँ धरौटी माग गर्न र धरौटी दिए तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न भनेको थियो।
अदालतको आदेशानुसार १ लाख रुपैयाँ धरौटी बुझाएपछि जोशी बिहीबार साँझै प्रहरी हिरासतबाट रिहा भएका हुन्।
कलाकार शाहलाई भने जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेको छ। अदालतको आदेशानुसार उनलाई तनहुँ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।