काठमाडौं- पाकिस्तानमा पछिल्लो दुई दिनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत मङ्गलबार र बुधबार पाकिस्तानमा कोरोनाका कारण एक जनाको पनि मृत्यु भएको छैन।
कोरोनाभाइरसबाट दैनिक संक्रमित हुने क्रम भने नरोकिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा २१० जना नयाँ संक्रमित भएका छन्। योसँगै अहिलेसम्म कुल संक्रमितको संख्या १५ लाख २३ हजार ७२ पुगेको छ।
दक्षिण एसियाली मुलुक पाकिस्तानले कोरोना भाइरस विरुद्धको लडाइमा सन्तोषजनक सफलता हासिल गरेको छ।
पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या भने १८० रहेको अधिकारीहरूले जनाएका छन्।
एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रमणमुक्त भएकाहरूको संख्या कम रहेकाले सक्रिय संक्रमितहरूको संख्या भने बढेको देखिएको छ।
पाकिस्तानमा कोरोनाभाइरसका कारण अहिलेसम्म ३० हजार ३३३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।