काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्। बिहीबार जिल्लाको माडी नगरपालिका–९ राईडाँडामा कुुसुमखोला नमूना चेपाङ बस्तीको बिहीबार उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए।
स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँगै अघि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए। आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा संगठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो।
गएको निर्वाचनमा आफूले गरेको वाचा पूरा हुने चरणमा गएको भन्दै अध्यक्ष प्रचण्डले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए। माडी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।