काठमाडौं– बलात्कार आरोप लागेका कलाकार पल शाह (पूर्णविक्रम शाह)को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।
न्यायाधीशहरू अहिले आदेश लेखिरहेको र केहीबेरमा आदेश आउने अदालत स्रोतले जनाएको छ।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा शाहविरुद्ध मुद्दा दर्ता भएको थियो। बुधबार सरकारी वकिल र जाहेरवालाको तर्फबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए।
बिहीबार शाहको तर्फबाट पनि १० जना कानुन व्यवसायीले बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको थियो।
अब मुद्दाको पुर्पक्षका लागि बलात्कार आरोपी शाह र मतियारको आरोप लागेका उनका म्यानेजर कृष्ण जोशीलाई तारेखमा राख्ने, धरौटी मागेर तारेखमा राख्ने वा थुनामा पठाउने आदेश हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।