काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन आयोगले नेकपा विवादमा तत्कालै सनाखत गरेको भए अहिले केपी शर्मा ओली पार्टी विहीन हुने टिप्पणी गरेका छन्।
उनले चितवनको माडीका कार्यकर्तालाई सम्बोधन गर्दै ७० प्रतिशत केन्द्रीय सदस्यसहित जाँदा आयोगले षडयन्त्र पूर्वक सनाखत नर्गदा ओली बाँकी रहेको उनले बताए। 'बेलैमा आयोगले सनाखत गरेको भए अहिले एमाले र सूर्य ओली हुने थिएन' उनले भने।
उनले यसमा अदालत र अन्तर्राष्ट्रिय प्रतिक्रियावादीहरुको पनि हात रहेको दाबी गरे। नेकपाबाट आफू पराजित भएर नआउको भन्दै उनले शंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे। आफूहरुले ७० प्रतिशतले कारबाही गरेर विजेता भएको तर केही प्राविधिक कारणले मात्र अलग हुनुपरेको उनको भनाइ थियो।
ओलीले सत्ताको चरम दुरुपयोग गर्दै दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप उनले लगाए । ओलीले विघटन गर्दा पार्टीभित्र काम गर्न दिइएन भनेर तर्क गरेको भन्दै कानुनले यस्तो अधिकार नदिएकाले यो फासिजमको उदाहारण भएको उनको भनाइ थियो।
उनले अब माओवादी झन् उर्जावान भएको दाबी गरे। महाधिवेशनपछि दश लाख मानिस माओवादीमा लागेको देखिएको भन्दै उनले यसलाई सानो भन्न नमिल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।