काठमाडौं–बलात्कार कसुरमा सात वर्ष कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुनसरीको बराह नगरपालिका–१० का ३६ वर्षीय अर्जुन भनिने चुडामणि आचार्यलाई पक्राउ गरेको हो।
आचार्यलाई सुनसरीको इनरुवाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुनसरी पठाइएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
उनले २०७५ भद्यौ १४ गते काठमाडौं–१८ ताम्सिपाखामा एक महिलालाई विवाह गर्ने बहानामा जबरजस्ती करणी गरेका थिए।
जबरजस्ती करण कसुरमा उच्च अदालत पाटनले २०७७ माघ २६ गते उनलाई ७ वर्ष कैदको सजायउ सुनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।