काठमाडौं- नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको सिफारिस चैत मसान्तभित्र गरिसक्ने निर्णय गरेको छ।
एमालेका सिफारिस गर्ने अधिकार भएका कमिटीले सर्वसम्मत नभएको अवस्थामा सम्भावित तीन जनाको नाम पठाउनु पर्नेछ। तीन जनाको नाम पठाउँदा एकजना महिला अनिवार्य गरिएको छ।
केन्द्रीय कमिटीको बैठकपछि बुधबार एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिमालले भने, 'चैत मसान्तभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिइएको छ। सिफारिस गर्दा एकजना महिला अनिवार्य भनिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।