काठमाडौं- नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै माला र खादाको प्रयोगमा रोक लगाएको छ।
विदेशबाट आयात हुने माला र खादाको यसक्रममा धेरै खपत हुने भएकाले त्यसलाई घटाउन अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्देशन दिएका हुन्।
यसैगरी एमालेका चुनाव केन्द्रीत कार्यक्रममा पाँच जना भन्दा बढीले बोल्न नपाउने भएका छन्।
सार्वजनिक कार्यक्रममा वक्ताको लर्को लगाएर भद्दा बनाउने भएकाले वक्ता तय गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।