फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले चैत १८ गतेदेखि २० गतेसम्म भारतको भ्रमण गर्नेछन्। प्रधानमन्त्री देउवाको भ्रमणबारे अहिले दुवै देशका परराष्ट्र मन्त्रालयले तयारी गरिरहेका जनाइएको छ।
नेपालले राजदूतमा सिफारिस गरेका शंकर शर्माको नाममा भारतले केही दिन अगाडि मात्रै भारतले एग्रिमो दिएको थियो। भारतको एग्रिमोपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ६ गते शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरिसकेकी छन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीले संयुक्त रुपमा रेल्वे सेवा उद्घाटन गर्नेछन्। त्यसैका लागि सरकारले केही दिन अघि रेल्वे अध्यादेश पुन: जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।