काठमाडौं– साताको चौंथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ।
बुधबार पुँजीबजार मापक परिसूचक नेप्से १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १२.५४ अंकले बढेर २६४७.२० विन्दुमा पुगेको थियो।
आज सेयर कारोबार रकम भने मंगलबारको तुलनमा केही बढेको छ। मंगलबार कूल २ अर्ब ५१ करोड ८८ लाख रुपैयाँको कारोबार भएको सेयर बजारमा बुधबार तीन अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका २२४ कम्पनीको ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर ४५ हजार ७६ पटक किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ।
नेप्सेका अनुसार आज कारोबारमा आएका ४९ कम्पनीको सेयर मूल्य उकालो लागेको छ। यसैगरी, १४१ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी चार कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज कारोबारमा आएका १३ समूहमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जानकारी दिएको छ।
आज जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनी समूहको सेयर मूल्य केही बढेको हो। यसैगरी, आज सबैभन्दा धेरै गुमाउने समूह विकास बैंक समूह रहेको छ। यस समूहको लगानीकर्ता सेयर मूल्य आज १.९८ प्रतिशतले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।