काठमाडौं- उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ। उत्तरले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी छ।
दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।
यो 'अध्यक्ष किम जोङ अनले अन्तर्राष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो,' मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।