काठमाडौ- नेकपा माओवादी केन्द्रका घोराही उपमहानगरपालिकाका अध्यक्ष प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका छन्। एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको हातबाट टीका लगाउँदै एमाले प्रवेश गरेका हुन्।
शर्मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका हाल कार्यरत स्वकीय सचिव हुन्। माओवादी केन्द्रका पछिल्ला गतिविधिबाट असन्तुष्ट रहेको बताएका उनले मंगलबार पार्टीबाट राजीनामा दिएका थिए।
उनीसँगै माओवादी केन्द्रबाट गएको स्थानीय तहको निर्वाचनमा उपमेयर लडेकी सीता चौधरी एमाले प्रवेश गरेकी हुन्। चौधरी एमाले उम्मेदवारबाट पराजित भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।