काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपाली राजनीतिमा दुई नभएर तीन धार हुने दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा भट्टराईले नेपाली राजनीतिमा दुई नभइ तीन धार हुने उल्लेख गरेका छन्। नेपाली राजनीतिमा कम्युनिष्ट र कांग्रेस दुई धार रहेको चर्चा चलिरहँदा उनले तेस्रो धार रहेको र उक्त धार पछि मूलधार बन्ने दाबी गरेका छन्।
भट्टराईले कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने र केही वर्ष कम्युनिष्ट धार पनि रहने बताएका छन्। तर भविष्यमा भने जसपा मूलधार बन्ने उनको दाबी छ।
उनले भनेका छन्, 'कांग्रेसको उदारवादी लोकतान्त्रिक धार कायमै रहने बस्तुगत आधार छ। कम्युनिष्ट ब्राण्ड जति टुक्रा भएपनि त्यो एउटै धार हो र केही समय रहन्छ। अर्को तत्काल सानो तर भविष्यमा बढ्दै जाने र मूलधार बन्ने समावेसी लोकतान्त्रिक धार हो!जसपा त्यसको भ्रूण हो!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।