काठमाडौं- बाटो पिच नगरेको भन्दै स्थानीयले थली–साँखु सडकखण्ड बन्द गरेका छन्।
समयममै बाटो पिच नगर्दा सास्सी भएको भन्दै स्थानीयले बाटो बन्द गरेका हुन्। बाटो बन्द भएसँगै यातायातका साधन चल्न सकेका छैनन्। स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरेपछि सवारी जाम भएको छ।
आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले बागमती प्रदेश सभा सदस्य समेत रहेका एमाले नेता रामेश्वर फुयाँललाई केही समय घेराबन्दी गरेका छन्। स्थानीयले सांसद फुयाललाई घेरा हालेर आजसम्म पनि बाटो किन पिच नगरेको भन्दै प्रश्न गरे।
फुयाँलले ठेकेदारलाई दोष देखाउँदै पन्छिन खोजेका थिए। उनले आजका लागि बाटो खोल्न र भोलिदेखि काम सुरु हुने आश्वास दिए पनि स्थानीयले नाराबाजी गरिरहे। सात वर्षदेखि सडक पिच नहुँदा उक्त सडक खण्डमा यात्रा गर्न सास्ती भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।