काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणमा आइपीओको निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
लघुवित्तले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।
बोर्डले कम्पनीलाई चैत ७ गते आईपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो।
लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।