काठमाडौं– देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट हुने आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ।
विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएकाले वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व संकलनमा समेत सुधार आएको हो।
गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ३४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायत इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।