काठमाडौं– पछिल्लो समय नेपाली कांगेसका केही नेताहरुले गठबन्धनका विषयमा गरेको टिप्पणी गलत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
बुधबार एक टिभी अन्तर्वाताका क्रममा अध्यक्ष दाहालले नेपाली कांग्रेस नेताहरुले बडो तल ओर्लेर विरोध गर्नु नैतिक नहुने बताएका हुन्। ‘साथीहरुले जुन विरोध गर्नुभएको छ, त्यो स्वाभाविक लाग्दैन,’ उनले भनेका छन्, ‘नैतिक पनि लाग्दैन।’
कांग्रेस नेताहरुले आफूलाई गाली गर्नुको साटो धन्यवाद दिनुपर्ने उनको भनाइ थियो। ‘उहाँहरूले त माओवादीहरूले गर्दा नै कांग्रेसको नेतृत्वमा सरकार बनेकोमा धन्यवाद दिनुपर्ने हो,’ उनले भने।
केही दिनअघि एक कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका नेताहरुलाई लक्षित गरी चेमेरो भनेको उनको आपत्ति रहेको थियो। ‘साथीहरु हामीलाई गाली गरिरहनुभएको छ। चमेरो कि के भनिरहनु भएको छ ,’ उनले भने, ‘यो नैतिक पनि हैन, राजनीतिक पनि होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।