फाइल तस्बिर
काठमाडौं– सत्तारुढ गठबन्धनको घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेसका नेताहरुले आफू र आफ्नो पार्टीका सन्दर्भमा गर्ने गरेको टिप्पणीप्रति चित्ता दुखाएका छन्। आफूहरुलाई सत्तामा पुर्याएको भनेर कांग्रेसका नेताहरुले माओवादीलाई धन्यवाद दिनुपर्नेमा उल्टै गाली गरिरहेको प्रचण्डको गुनासो छ।
टिभी टूडेसँगको अन्तर्वार्तामा प्रचण्डले भने– 'उहाँहरू (कांग्रेसका नेताहरु)ले त भन्नुपर्ने हो माओवादीहरूले जे भए पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाए। धन्यवाद दिनुपर्ने हो। तर, गाली गरिरहनुभएको छ।'
कांग्रेसका केही नेताहरुले 'तल्लो स्तर'मा गाली गरेको भन्दै प्रचण्डले दु:खेसो सुनाए। 'नेपाली कांग्रेसका नेताहरु बडो तल ओर्लेर जुन विरोध गर्नुभएको छ, त्यो स्वभाविक लाग्दैन, नैतिक लाग्दैन,' प्रचण्डले भने।
गठबन्धनका दलहरुको सन्दर्भमा कांग्रेसका नेताहरुले गर्ने गरेको टिप्पणी नैतिक र राजनीतिक नभएको पनि प्रचण्डले उल्लेख गरे। 'चमेरो कि के, मलाई गाली पनि आउँदैन। भनिरहनु भएको छ। यो नैतिक पनि होइन, राजनीतिक पनि होइन,' प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।