काठमाडौं- पुष्कर सिंह धामीले उत्तराखण्डको मुख्यमन्त्रीको सपथ लिएका छन्। भर्खरै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टीले ७० सिटमध्ये ४७ सिट जितेर बहुमत हासिल गरेको छ।
तर, धामी खाटिमा पराजित भए। भारतीय जनता पार्टीले उनको नेतृत्वमा विश्वास व्यक्त गर्दै उनलाई पुन: मुख्यमन्त्रीको जिम्मेवारी दिएको हो।
देहरादूनको परेड ग्राउन्डमा गभर्नर लेफ्टिनेन्ट जनरल (रिटायर्ड) गुरमीत सिंहले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
धामीको सपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष जेपी नड्डा, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टर पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।