काठमाडौं- निर्वाचित केन्द्रीय सदस्यद्वय पदमबहादुर तामाङ (संखुवासभा) र मदिना खातुन (लमजुङ)ले राप्रपा परित्याग गरेका छन्। राप्रपा परित्याग गर्दै तामाङ र खातुनले राप्रपा नेपालमा कृयाशिल हुने बताएका छन्।
पार्टी अध्यक्ष कमल थापाले विधानबमोजिम दुवैलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।