काठमाडौं- भारतले जमिनबाट जमिनमा मार हान्न सक्ने ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त मिसाइलको परीक्षण अण्डमान र निकोबार टापुबाट बुधबार गरिएको हो।
रक्षा अधिकारीहरुका अनुसार यो मिसाइल आफ्नो सहि लक्ष्यमा पुगेको थियो।
ब्रह्मोस मिसाइल रुससँगको सहकार्यमा विकसित भएको हो। यो सुपरसोनिक क्रुज मिसाइल २.८ म्याचको गतिमा उड्छ, जुन आवाजको गतिभन्दा तीन गुणा बढी हो। यसले राडारलाई पनि झुक्याउन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।