काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समितिको अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पालाई नियुक्त गरेका छन्।
त्यस्तै, तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई नियुक्त गरिएको छ।
नेविसंघ र तरुण दलको केन्द्रीय अधिवेशन गर्नका लागि अध्यक्ष नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार उनीहरूलाई अध्यक्ष नियुक्त गरिएको हो।
दुवै अध्यक्षलाई स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन गर्न समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।