काठमाडौं– चेक बाउन्सको उजुरी परेपछि गीतकार दर्पण राई पक्राउ परेका छन्। ललितपुर भैसेपाटीबाट पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ।
४८ लाख रुपैयाँको चेक बाउन्स उजुरीमा उनलाई पक्राउ गरिएको हो। बर्सु गुरुङले १३ लाख रुपैयाँको चेक बाउन्सको उजुरी र छेवाङ लामाले ३५ लाख रूपैयाँको चेक बाउन्सको उजुरी हालेपछि उनी समातिएका हुन्।
उनीमाथि वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।