काठमाडौं- विश्वका शक्तिशाली राष्ट्रहरूको समूह जी–२० बाट रुसलाई बाहिर राख्ने पश्चिमी देशहरूको निर्णयप्रति चीनले आपत्ति जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेम्बिनले बुधबार पत्रकार सम्मेलनमा जी–२० मा कुनै पनि देशले अन्य देशलाई बहिष्कार गर्ने अधिकार नभएको बताए।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देशहरूले रुसलाई जी–२० बाट बाहिर निकाल्नेबारे निर्णय गरिरहेका छन्। मंगलबार अमेरिकी अधिकारीहरूले रुसको सट्टा यस गुटमा पोल्याण्डलाई राख्ने सुझाव दिएको थियो।
जी–२० विश्वका ठूला अर्थतन्त्रहरूको समूह हो। जसले विश्वलाई असर गर्ने विषयहरू जस्तै : विश्वव्यापी अर्थतन्त्र, जलवायु परिवर्तन र विकासमा मिलेर काम गर्ने लक्ष्य राख्छ।
यदि रुस बाहिरियो भने, यो पश्चिमाद्वारा लगाइएको आर्थिक प्रतिबन्धमा अर्को वृद्धि जस्तै हुनेछ। यद्यपि, भारत, चीन र साउदी अरब जस्ता जी–२० राष्ट्रहरूले यसमा रुसको समर्थनमा भिटो गर्न सक्छन्।
केही विश्लेषकहरू जी–७ को पश्चिमी गठबन्धनले यस वर्ष जी–२० बैठक बहिष्कार गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।