काठमाडौं- थाइल्यान्डको धितोपत्र नियामकले निकायले वस्तु तथा सेवाको भुक्तानीका लागि ‘क्रिप्टोकरेन्सी’को प्रयोगमा रोक लगाएको घोषणा गरेको छ।
अप्रिल १ देखि लागू हुने गरी गरिएको घोषणाले क्रिप्टोकरेन्सीमा लगानी गर्नका लागि भने प्रतिबन्ध लगाएको छैन। स्थानीय स्तरमा क्रिप्टोकरेन्सीको प्रवद्र्धन भएपछि यो वर्ष उक्त सेवाले झन लोकप्रियता पाएको थियो।
धितोपत्र तथा विनिमय आयोगले मुलुकको वित्तीय तथा मौद्रिक प्रणालीको स्थायित्वलाई सम्पत्ती शुद्धिकरण तथा अन्य साइबर अपराधलगायतका खतराबाट जोगाउनका लागि कारबाही गरिरहेको बताएको थियो।
विनियमले विशेष गरी त्यस उद्देश्यका लागि सफ्टवेयर र उपकरणहरूको वितरणसँगै भुक्तानीका लागि क्रिप्टोकरेन्सीको प्रवर्धनलाई पनि प्रतिबन्ध लगाएको छ। साथै, डिजिटल मुद्रा व्यवसायका सञ्चालकहरूले आफ्ना ग्राहकहरूलाई प्रतिबन्धबारे जानकारी गराउनुपर्ने र यदि तिनीहरूले नियम उल्लंघन गरेमा तिनीहरूको खाता निलम्बन गर्नुपर्ने बताइएको छ।
यो प्रतिबन्ध पालन गर्न व्यापारीहरूले अप्रिलको अन्तसम्म नै लगाउनसक्ने अधिकारीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।