काठमाडौं– तीन जिल्लामा नेकपा (एमाले)को अधिवेशन हुन सकेको छैन। बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा रिपोर्ट गर्नेक्रममा बझाङ, मनाङ र मुस्ताङमा जिल्ला अधिवेशन हुन बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताएका हुन्।
ती जिल्लाको अधिवेशन अनुकुल समयमा गर्ने निर्णय भएको छ। बाँकी सबै जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व आइसकेका छन्।
केन्द्रीय समिति बैठकमा ११ अजेन्डा पेस भएको थियो। तर, बाँकी ९ अजेन्डा विषयमा बिहीबार छलफल हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।