सर्वोच्च परिसरमा पूर्वन्यायाधी बलाराम केसी। साथमा कानुन व्यवसायीहरू।
काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले संवैधानिक इजलासमा ‘इन्टरभेन्सन’ बहस गरेका छन्।
कुनै मुद्दामा यसरी स्वतन्त्र राय दिन सर्वोच्चका पूर्वन्यायाधीश उपस्थित भएको यो पहिलोपटक हो। अध्यादेशमार्फत संवैधानिक निकायमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइमा उनी सहभागी भएका हुन्।
केसीले अभिव्यक्ति स्वतन्त्रता खोस्न कसैले नसक्ने बताए। 'न्यायाधीशले पनि बोल्न नपाउने अवस्था आयो। संविधानमा पूर्वन्यायाधीशलाई रोक लगाउने दुई वटा मात्र व्यवस्था रहेको उनले उल्लेख गरे।
'बहस र नियुक्त नहुने हो। तर, गलत माग दाबी गर्दै रिट दायर भयो। यसले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन्छ। अभिव्यक्ति स्वतन्त्रता रोक्न अदालतले पनि सक्दैन। झन रिटमार्फत त कसैले सक्दैन', केसीले बहसका क्रममा भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।