काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभास र अभिनेत्री पूजा हेग्देको अभिनय रहेको फिल्म ‘राधे श्याम’लाई बक्स अफिसमा ठूलो धक्का लागेको छ।
प्रभासको अन्य फिल्मले सामान्यतया गर्ने आम्दानीभन्दा यसले निकै कम कमाएको छ। मार्च ११ मा प्रदर्शन भएको फिल्मले हालसम्म विश्वभरबाट २ सय करोड ७६ लाख भारतीय रुपैयाँ आम्दानी गरेको फिल्मको निर्माण पक्षले दाबी गरेको छ। तर, यो रकमपनि प्रभासका अघिल्ला फिल्मको तुलनामा निकै कम हो।
राधे श्याम कुमारले निर्देशन गरेको फिल्म ‘राधे श्याम’ कोरोना महामारीका कारण पटक पटक स्थगित भएर मार्च ११ मा प्रदर्शनमा आएको थियो। दोस्रो हप्तासम्म जसोतसो प्रदर्शन भइरहेको फिल्मले आफ्नो लगानी उठाउन पनि हम्मे हम्मे देखिएको छ। पहिलो साता १९१ करोड १४ लाख भारतीय रुपैयाँको आम्दानी गरेको फिल्मले दोस्रो साताको चौथो दिनसम्मको कुल २१२ करोड ७६ लाख भारतीय रुपैयाँको आम्दानी गरेको छ।
करिब ३५० करोड भारतीय रुपैयाँको लगानीमा बनेको फिल्म १९७० को दशकको युरोपको कथामा आधारित छ। फिल्ममा प्रभासले हस्तरेखा पढ्ने विक्रमआदित्यको भूमिकामा देखिएका छन् भने पूजा प्रेरणाको भूमिकामा देखिएकी छन्। प्रभास र पूजा बाहेक फिल्ममा भाग्यश्री, सत्याराज, कृष्णम राजुलगायत कलाकारको अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।