काठमाडौं– बलिउडको बहुप्रतिक्षित फिल्म ‘आरआरआर’ २५ मार्चबाट रिलिज हुँदै छ।
नेपालमा पनि उक्त फिल्मलाई लिएर दर्शकहरुमा उत्साह जागेको छ। यसबीच फिल्मका निर्देशक एसएस राजामौलीले नेपाली दर्शकलाई सम्बोधन गर्दै आफ्नो फिल्म हेर्न आग्रह गरेका छन्।
भिडियोमार्फत राजामौलीले नेपाली दर्शकलाई सन्देश पठाएका छन्। उनले भनेका छन्, ‘नेपालका सबै दर्शकहरुलाई नमस्कार। हाम्रो फिल्म आरआरआर तपाईंको नजिकको हलमा २५ मार्चमा हेर्नुहोला। तपाईंहरुलाई धेरै माया छ।’
‘बाहुबली’ फिल्म शृङ्खलामार्फत निकै चर्चा पाएका निर्देशक राजामौलीका नेपालमा पनि निकै दर्शक छन्। यसअघि प्रदर्शनका आएका उनका ‘बाहुबली’ शृङ्खलापछि उनका प्रशंसकहरु थप बढेका छन्।
राजामौलीको निर्देशनमा बनेको ‘आरआरआर’ लामो समयदेखि प्रदर्शनको पर्खाईमा रहेको फिल्म हो। फिल्ममा १९२० को क्रममा बेलायती उपनिवेशको क्रममा क्रान्ति गर्ने दुई क्रान्तिकारीको कथालाई प्रस्तुत गरिएको छ।
फिल्मम जुनियर एनटिआर, रामचरण, आलिया भट्ट, अजय देवगण लगायतको अभिनय रहेको छ। फिल्मलाई नेपालमा ‘ए ऐट फिल्मस्’ले ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।