• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पैदलयात्रुको ज्यान लिएका मल्ललाई न्यून सजायमा जिल्ला अदालतले दियो उन्मुक्ति 

माग १० वर्ष सजाय, जिल्ला अदालतले सुनायो ६ महिना कैद हुने फैसला 
64x64
नेपाल लाइभ सोमबार, चैत ७, २०७८  १९:३४
1140x725

काठमाडौं– काठमाडौं जिल्ला अदालतले बूढानीलकण्डको 'हिट एण्ड रन' मुद्दामा पृथ्वी मल्ललाई मादक पदार्थ सेवन गरी सवारी चलाएर लापरवाहीपूर्ण रुपमा पैदल यात्रीलाई ठक्कर दिएर ज्यान लिएको अभियोगमा दोषी ठहर गर्दै ६ महिना कैद मात्र सुनाएको छ। यो मागदाबीको भन्दा अर्को दफा गएर गररिएको न्यूनतम सजाय हो।

मुद्दा दायर गर्दा मल्लाई १० वर्ष कैद र सोही अनुसार जरिवाना हुनुपर्ने मागदाबी गरिएको थियो। तर, जिल्ला न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले आशिंक दाबी पुग्ने फैसला सुनाएको हो।

फैसलामा चालकले लापरबाहीपूर्वक सवारीसाधन चलाएको कुरा आंशिकमात्र पुष्टि भएको उल्लेख छ। अदालतले गरेको फैसलाबारे जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलले फैसलामा के लेखिएको छ हेरेर मात्र भन्न सकिने बताए।

यो मुद्दामा सरकारी पक्षले भवितब्य नभई जानाजान ज्यान मार्ने कार्य भएको दाबी गरेको थियो। तर, फैसला गर्दा न्यायाधीशले के हेरेर फैसला गरे भन्ने आफूले पढेपछि थाहा हुने पौडेलले बताए। 

काठमाडौं जिल्ला अदालतले २ वर्ष अगाडिको सो घटनाबारे फैसला सुनाउँदै चालकलाई जम्मा ६ महिना कैद  र १० हजार जरिवाना गर्ने फैसला सुनाएको छ। यो  कैद सजाय सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा ३ अनुसारको हो। सरकारी पक्षले मल्ले लापरवाहीपूर्ण रुपमा सवारी चलाएको, मदिरा सेवन गरेको र नेपालको सवारी चालक अनुमति पत्र समेत नभएको भन्दै सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१ को उपदफा २ अनुसार सजाय हुनुपर्ने मागदाी गरेको थियो।

जिल्ला अदालतको सोमबारको फैसलापछि कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेकाले उनी पुन: कारागार बस्नु नपर्ने भएको छ।  उनले अब तोकिएको १० हजार जरिवाना तिरेर उन्मुक्ति पाउने छन्। 

कारागारको रेकर्डमा सात महिना कारागार बसेको भनिए पनि उनी लामो समय अस्पताल बसेका थिए। अस्पतालवाटै उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए। न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले धरौटीमा रिहा गर्न आदेश गरेपछि उनी रिहा भएका थिए।

२०७७ असार ३१ गते सर्वोच्चका न्यायाधीशद्वय मल्ल र मनोजकुमार शर्माको इजलासले सो घटनाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंको बूढानीलकण्ठमा मल्लले अत्यधिक मदिरा सेवन गरी चलाएको कारको ठक्करबाट २०७६ मंसिरमा लीला देवकोटाको ज्यान गएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालले तत्काल प्राप्त प्रमाणबाट मल्ल निर्दोष होइनन् भन्ने विश्वास गर्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। 

मादक पदार्थ सेवन गरी सतर्कता नअपनाई चलाएको कारको ठक्करबाट निर्दोष व्यक्तिको ज्यान गएको भन्दै अदालतले उनलाई थुनामै राख्नुपर्ने निर्णय गरेको थियो। उक्त आदेशलाई मल्लका वकीलले उच्च अदालत पाटनमा चुनौती दिएका थिए। तर, उच्च अदालत पाटनले पनि उनलाई थुनामै पठाउनुपर्ने ठहर गरेको थियो।

त्यसविरुद्ध सर्वोच्च अदालतमा दिएको निवेदनको सुनुवाइ गर्दै न्यायाधीशद्वय मल्ल र शर्माको इजलासले मल्ल डिप्रेसन र दमको बिरामी रहेको तथा कोभिड–१९ को उच्च जोखिममा रहेको बताउँदै ५ लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

यस्तो थियो घटना
अमेरिकामा बस्दै आएका  काठमाडौंका २१ वर्षीय पृथ्वी मल्ल २३ मंसिर २०७६ मा स्वदेश फर्केका थिए।  त्यसको तीन दिनपछि २७ मंसिरमा उनी आफैंले बा १४ च ६१२३ नम्बरको कार चलाई साथी करिश मास्केलाई लिएर नक्साल नारायणचौरमा जिम गर्न पुगेका थिए।
 
त्यहाँबाट साँझ साढे ७ बजेतिर बालुवाटारस्थित पलेन्ज गार्डेन रेष्टुराँमा पुगेर खाना खाएपछि उनीहरु रातभर ठमेलमा बसेका थिए।  त्यहाँबाट रातको साढे १ बजे एलओडी क्लबमा पुगे। त्यसपछि बिहान साढे ४ बजे ठमेलस्थित सेनेठ क्लबमा करिशका दुई जना केटी साथीहरू परमिता राणा र मनिषालाई भेटेर उनीहरु निस्केका थिए।
  
प्रहरीमा दिएको बयानअनुसार त्यसपछि उनीहरू बिहानको ५ बजे बूढानीलकण्ठ हुँदै ग्रिनभ्याली रिसोर्ट पुगेका थिए। त्यहाँ गएर पनि निरन्तर मदिरा सेवन गरेका उनीहरू चढेको कारले त्यहाँबाट पुनः घरतर्फ फर्कंदा सडकको विपरीत दिशामा फुटपाथमा हिंड्दै गरेकी लीला देवकोटालाई ठक्कर दिएर ज्यान लिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए। यसरी पल्लो पेटिमा रहेको व्यक्तिलाई ठक्कर दिएर हत्या गरेको घटनालाई गम्भीर रुमपा लिँदै मुद्दा दायर भएर पुर्पक्षको बहसका क्रममा थुनामा पठाइएको थियो। 

उनीसँग नेपालको  ड्राइभिङ लाइसेन्स समेत थिएन। तर, प्रहरीमा गरेको भन्दा उनले अदालतमा उल्टो बयान गरे। चारको स्पीड धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितब्य रुमपा दुर्घटना भएको दाबी गरे। 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार अन्य पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सपथ भने दशैं लगत्तै हुने बताइएको छ । शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु आफू कमजोर भएर अप्ठ्यारोमा परेका बेला साथ दिनेहरूप्रति थापाले आभार व्यक्त गरे। शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्