काठमाडौं- पुष्करसिंह धामी पुनः उत्तराखण्डको मुख्यमन्त्री बन्ने भएका छन्। भारतको देहरादुनमा बसेको विधायक दलको बैठकपछि रक्षामन्त्री राजनाथ सिंहले उनको नाम घोषणा गरेका हुन्।
भारतीय जनता पार्टी (भाजपा)ले विधानसभाका लागि धामीलाई अगाडि सारेर चुनाव लडेको थियो। र, पार्टीले ८० मध्ये ४७ सिट जितेको थियो। तर, मुख्यमन्त्रीका उम्मेदवार धामी आफैं पराजित भएका थिए।
खटीमा विधानसभा सीटमा धामीले हार बेहोर्नु परेको थियो। उनलाई भारतीय कंग्रेसका नेता भुवन कापडीले हराएका थिए। युवा नेता कापडी उत्तराखण्ड कांग्रेसका कार्यकारी अध्यक्ष हुन्।
युवाबीच लोकप्रिय उनी सन् २०१७ मा धामीसँग २ हजार सय ९ भोटले पराजित भएका थिए। यसपल्ट ६ हजारभन्दा बढी मतअन्तरले विजयी भएका हुन्। धामीले अब ६ महिनाभित्र चुनाव जितेर विधायक बन्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।