काठमाडौं- रुसले सहरका जनतालाई आत्मसमर्पण गर्न बाध्य पार्न भोकै राख्न चाहेको युक्रेनका मारिउपोलका सांसदले आरोप लगाएका छन्।
मारिउपोलका सांसद दिमित्रो गुरिनले सहरका करिब तीन लाख मानिस फसेको बताए। तर, रुसले उनीहरुका लागि सहायता बोकेको गाडीलाई सहर प्रवेश गर्न दिएको उनको भनाइ छ।
उनले बीबीसीसँग भने,‘रुसले मानवीय करिडोर खोलिरहेको छैन। उनीहरूले मानवीय सहायता बोकेका गाडीहरूलाई सहरमा प्रवेश गर्न दिँदैनन्।’
दिमित्रो गुरिनले रुसको लक्ष्य प्रष्ट देखेको बताएका छन्। रुसले आफ्ना जनतालाई भोकै राखेर आत्मसमर्पण गराउन खोजेको उनको तर्क छ।
‘जनतालाई भोकै राखेर आत्मसमर्पण गर्न बाध्य पार्न चाहन्छन्। यदि मानिसहरू आत्मसमर्पण गर्दैनन् भने उनीहरुलाई बाहिर जान दिँदैनन्,’ उनले भने।
रुसले मारियुपोलका धेरै स्थानमा आक्रमण गरेको छ। थिएटरको भग्नावशेषमा ठूलो संख्यामा मानिस फसेको गुरिन बताउँछन्। तर, राहतकर्मीले स्थानबाट फसेकाहरुको उद्दार गर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।