काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए)को विवादमा पाटन उच्च अदालतले चैत ९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
सोमबार न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले छलफलमा बोलाउने आदेश गरेको हो।
आदेशसँगै एनआरएनएले आगामी चैत्र १० र ११ गते गर्ने भनिएको निर्वाचन अनिश्चित बनेको छ। उक्त मितिलाई लक्षित गरेर चलिरहेको निर्वाचन प्रक्रिया समेत हाललाई स्थगित गर्न अदालतले आदेश दिएको छ।
एकपक्षीय रुपमा निर्वाचन गराउन लागिएको भन्दै अदालतमा उजुरी परेको थियो। संस्थापन पक्षविरुद्ध चिन्तामणि सापकोटा र उमेशकुमार पुडासैनीले रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।