चीन- चीनमा १ सय ३३ जना सवार विमान दुर्घटना भएको छ।
चाइना इस्टर्नको बोइङ ७३७ एअरक्राफ्ट दुर्घटना हुँदा १ सय ३३ यात्रुको अवस्था अज्ञात रहेको बताइएको छ। विमान दुर्घटना भएर आगलागी भएको समाचारमा बताइएको छ।
रोयटर्सका अनुसार उक्त विमान कुन्मिङबाट गोन्जाउतर्फ गइरहेको थियो। विमान गौन्ची क्षेत्रमा दुर्घटनामा परेको समाचारमा जनाइएको छ। विमान दुर्घटनापछि उक्त पहाडमा आगो देखिएको बताइएको छ।
विमान दिउँसो सवा १ बजे उडेको थियो। समाचार एजेन्सी सिन्हाले उद्धारकर्मी घटनास्थलतर्फ गइरहेको जनाएको छ। १ सय ५० सिटको उक्त जहाजमा जम्मा १ सय ३३ यात्रु रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।