अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका ३ खनदहमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
मालारानीको डाँडाकटेरीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस दुर्घटना भएको हो। मृतक महिला र बालकको सनाखन हुन बाँकी छ भने ४० भन्दा बढी घाइते भएका छन्। उद्धार कार्य जारी रहेकोको थप जानकारी आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।