काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग लागेर निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि लागेको महाअभियोगको वचाउ गरेका छन्।
सोमबार एमालेको पोलिटब्युरो बैठकमा बोल्दै राणाविरुद्ध महाअभियोग दर्ता गर्नु एमालेका १४ सांसदलाई गरेको कारबाही सर्वोच्चबाट बदर हुने डरमा भएको दाबी गरे।
‘भोलिपल्ट १४ जनाको मुद्दा सुनुवाइमा छ। भोलिपल्ट पेसीमा मुद्दा छ भनेपछि अघिल्लो दिन गठबन्धनले महाअभियोग हतार हतारमा दर्ता गरायो’ उनले भने।
'महाअभियोग नलगाउने हो भने हामी मुद्दा हाछौं भन्ने मानसिकताले यस्तो गरेको' उनको भनाइ थियो।
‘सत्ताधारी गठबन्धनले न्यायलयलाई आफ्नो दवाबमा राख्न यो दर्ता भएको हो’ उनले भने ‘हामी व्यक्ति विशेषको विरोध र पक्षपोषणमा रुचि राख्दैनौं तर, न्यायलय अमर्यादित नहोस् अनि स्वच्छ होस् भन्ने पक्षमा रहेका छौं।’
बार र वरिष्ठ अधिवक्ताको क्रियाकलाप देखेको भन्दै उनले सेटिङका न्यायाधीशहरु पनि देखेको बताए। उनले परमादेश दिने न्यायाधीशहरु पनि देखेको भन्दै निष्पक्ष र मर्यादित भूमिका कायम राखेर न्याय देओस् भन्ने चाहना आफूहरुको रहेको बताए । दवावमा न्याय हुन नहुने भन्दै उनले मान पदकसँग न्याय साट्ने काम विगतमा भएको आरोप लगाए। उनले तुरुन्तै फैसला गर्ने अनि पदक त्यही न्यायाधीशले पाउने समेत भएको दाबी गरे।
‘सर्वोच्च अदालत साच्चै सम्मानित होस् भन्ने चाहान्छौं। निष्पक्ष थलो र सक्षम तथा स्वच्छ थलोको रुपमा मर्यादा गर्न पाउन् भन्ने चाहान्छौं’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।