काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन पोल्याण्ड जाने भएका छन्। युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासबारे छलफल गर्न उनी युरोप भ्रमणमा जान लागेका हुन्।
यस हप्ता राष्ट्रपति बाइडेन ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्ने ह्वाइटहाउसले जनाएको छ।
उक्त भ्रमण नेटो सहयोगी, जी ७ नेता र युरोपेली संघका नेताहरूसँग युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न र रुसमाथि थप दबाब सृजना गर्न विशेष केन्द्रित हुने ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्तिमार्फत जनाएका छन्।
मार्च २५ मा राष्ट्रपति बाइडेन पोल्याण्डको वार्सा पुग्ने र त्यहाँ उनले राष्ट्रपति एन्ड्रेज डुडासँग द्विपक्षीय बैठक गर्ने तयारी छ। मार्च २३ मा बाइडेन बेल्जियमको ब्रसेल्स पुग्ने कार्यक्रम छ।
मार्च २४ मा बाइडेनले युक्रेनमा रूसको अप्रत्याशित र अनुचित आक्रमणको प्रतिक्रियामा चलिरहेको प्रतिरोध र रक्षा प्रयासहरूबारे छलफल गर्न नेटो शिखर सम्मेलनमा भाग लिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।